सभापति लामिछाने भारत भ्रमणमा जाँदै, दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् ।सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।स्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका हुन् ।
भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ । उनले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हित र राजनीतिक विषयमा छलफल गर्नेछन् । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका लागि सभापति लामिछानेको नेतृत्वमा सह(महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् ।
