`

रास्वपाले आज कुन कुन जिल्लामा गर्दैछ अधिवेशन? (सूचीसहित)

Nepal One HD २३ जेठ २०८३ १२:०७
बिशेष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनात्मक संरचना सुदृढ बनाउने अभियानअन्तर्गत आज देशका ३७ जिल्लामा जिल्ला अधिवेशन गर्दैछ।

पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार शनिबार र आइतबार जिल्ला अधिवेशन आयोजना गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

आज कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा र सुनसरी गरी ८ जिल्लामा अधिवेशन हुँदैछ। यस्तै मधेस प्रदेशका महोत्तरी र रौतहट, बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा पनि अधिवेशन आयोजना गरिएको छ।

त्यसैगरी लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा समेत जिल्ला अधिवेशन सम्पन्न गरिनेछ।

पार्टीका अनुसार विशेष संगठनात्मक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको छ।

निर्धारित कार्यतालिकाअनुसार रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। यससँगै पार्टीको मुख्य संगठनात्मक संरचना अधिकांश जिल्लामा पूर्ण हुने अपेक्षा गरिएको छ।

बुर्लाकोटीका अनुसार बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः आयोजना गरिनेछ।

रास्वपाले प्रदेश अधिवेशनको प्रक्रिया पनि सुरु गर्दैछ। पहिलो प्रदेश अधिवेशन जेठ २६ गते बागमती प्रदेशबाट प्रारम्भ हुनेछ।

पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *