`

रास्वपा रोल्पाको सभापतिमा बलाराम थापा

Nepal One HD २४ जेठ २०८३ १२:४०
राजनीति

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला अधिवेशनले बालाराम थापाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट भूपेन्द्र सिंह वली उपसभापति, हिरा बहादुर घर्तीमगर सचिव, बालाराम डाँगी सहसचिव तथा पिपला चन्द सेन कोषाध्यक्ष चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा धर्मराज भण्डारी, महेश कुमार शर्मा, मुना डाँगी, हिरा खड्का र सन्दीप थापा मगर चयन भएका छन्। दलित महिला सदस्य भने पछि मनोनयनमार्फत थप्ने निर्णय गरिएको रास्वपाले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *