`

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलान्चोकको जिल्ला सभापतिमा प्रबिन ढकाल निर्वाचित

Nepal One HD २४ जेठ २०८३ १३:२६
राजनीति

काभ्रेपलान्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्लाको नयाँ नेतृत्व चयन भएको छ। जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रबिन ढकाल सभापतिमा निर्वाचित भएका छन्।

यस्तै, पार्टीको उपसभापतिमा पुन्यमाता घिमिरे, सचिवमा जियन सापकोटा र सहसचिवमा प्रकाश तिमल्सिना निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूले पार्टी सुदृढीकरण, युवा सहभागिता वृद्धि र जिल्लाको विकास निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्।

रास्वपा काभ्रेले स्थानीय तहको जनआकांक्षा अनुसार पारदर्शी र समावेशी नेतृत्व चयन गरेको जनाएको छ। नयाँ नेतृत्वले आगामी दिनमा जिल्लाका विभिन्न कार्यक्रम तथा सङ्गठन विस्तारमा केन्द्रित हुने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *