`

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको राप्रपा नेता शाहीको आरोप [भिडियो]

Nepal One HD २८ जेठ २०८३ १२:२२
अर्थ समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो बयान दिएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भन्सार तथा कर छलीसम्बन्धी विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गलत जानकारी दिएको दाबी गरे।

शाहीका अनुसार करका दर हेरफेर र भन्सार प्रक्रियासम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफमा अर्थमन्त्रीको भनाइ तथ्यसँग मेल नखाने खालको छ।

‘भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,’ उनले संसद्मा भने।

उनले कर दर हेरफेर प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन अनिवार्य रहेको मागसमेत दोहोर्‍याए।

भिडियो:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *