रास्वपाले माग्न थाल्यो रकम नै तोकेर चन्दा
राजनीति
काठमाडाैं। चन्दा माग्नेलाई भ्रष्टाचारी भन्दै उदाएको राष्ट्रिय स्तन्त्र पार्टीले अहिले आफैले चन्दा माग्न थालेको छ। सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेर चन्दा मागेको पत्र सार्वजनिक भएपछि त्यसले राजनीतिक वृत्तमा चर्चा पाइरहेको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रुपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएको हो। रास्वपाका कृष्णपुर–१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको उक्त पत्र जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरिएको छ।
पत्रमा निर्माण कम्पनीले विगतदेखि वडाभित्र विभिन्न विकास निर्माणका काम गर्दै आएको तथा स्थानीय समुदायसँग सहकार्य पनि गरिरहेको उल्लेख गरिएको छ। साथै, पार्टीको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन र असार ७, ८ तथा ९ गते आयोजना हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ।
सोही प्रयोजनका लागि कम्पनीसँग ३० हजार रुपैयाँ आर्थिक सहयोगको अपेक्षा गरिएको पत्रमा उल्लेख छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
