रास्वपाको महाधिवेशन विशेष अफिसियल लोगो सार्वजनिक
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरेको छ। पार्टीले क्रान्तिको प्रतीक मानिने निलो पृष्ठभूमिमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर समावेश गर्दै लोगो सार्वजनिक गरेको हो।
पार्टीले सार्वजनिक गरेको लोगोमा निलो रंगलाई परिवर्तन र नयाँ राजनीतिक दिशाको संकेतका रूपमा प्रस्तुत गरिएको छ। साथै, पार्टी नेतृत्वका प्रमुख अनुहारलाई समेटेर संगठनात्मक एकता र नेतृत्व केन्द्रित सन्देश दिन खोजिएको देखिन्छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमार्फत पार्टीले संगठन विस्तार, नीति–दिशा र आगामी राजनीतिक रणनीतिबारे औपचारिक निर्णय गर्ने तयारी गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
