`

आज पनि संसद्मा विपक्षीको अवरोध

Nepal One HD ३१ असार २०८३ १३:३३
बिशेष

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले विरोध जनाउँदै सदन अवरुद्ध गरेका छन्। विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने माग गरेका छन्। साथै, जेठ १७ गते प्रधानमन्त्रीले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भन्ने आशयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने उनीहरूको माग छ।

यसैगरी, सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न विपक्षीले सरकारसँग आग्रह गरेका छन्।

पछिल्लो समय बढ्दै गएका आत्मदाहका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विपक्षी दलहरूले ती घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

त्यसैगरी, संविधानवादको सुनिश्चितता, लोकतान्त्रिक अभ्यासको ग्यारेन्टी तथा संवैधानिक मूल्यमान्यताको पूर्ण पालना गर्न पनि विपक्षीले सरकारसँग माग गरेका छन्।

विपक्षी दलहरूले आफ्ना मागको सम्बोधन नभएसम्म संसद्भित्रको विरोधलाई निरन्तरता दिने चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *