`

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्री बर्खास्त

Nepal One HD ३१ असार २०८३ १४:०१
बिशेष

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता साझेदारबीच बढ्दै गएको राजनीतिक विवादका बीच मुख्यमन्त्री शाहले यस्तो निर्णय गरेका हुन्।

यसअघि मुख्यमन्त्री शाहले सरकारमा रहने वा बाहिरिने विषयमा स्पष्ट निर्णय गर्न एमाले नेतृत्वलाई आग्रह गरेका थिए। त्यसपछि एमाले आन्तरिक छलफलमा जुटेको थियो। उता मुख्यमन्त्री शाहले पनि एमालेको समर्थन कायम रहने वा नरहने विषयमा विभिन्न राजनीतिक परामर्श गरिरहेका थिए।

एमालेले सरकारलाई निरन्तर समर्थन नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय लिएको स्रोतले जनाएको छ।

बजेट विवादले बढायो दूरी

कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेटलाई लिएर लामो समयदेखि मतभेद देखिएको थियो। एमालेले बजेटमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो। तर मुख्यमन्त्री शाहले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले त्यसमा सहमत भएको थिएन।

असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताबीच सत्ता साझेदार दलहरूबीचको विवादले प्रदेश सरकार थप दबाबमा परेको थियो। बजेटलाई लिएर सहमति जुट्न नसकेपछि अन्ततः राजनीतिक सम्बन्ध टुट्ने अवस्थामा पुगेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *