`

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन

Nepal One HD ४ साउन २०८३ १०:३९
प्रमुख खबर

कञ्चनपुर । कञ्चनपुरमा १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट च्याउ टिप्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनीहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न जंगल गएको प्रहरीले जनाएको छ । लामो समयसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए।

परिवारको प्रयासपछि पनि सम्पर्क हुन नसकेपछि प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि प्रहरीसहित सम्बन्धित निकायले सम्पर्कविहीन महिलाहरूको खोजी कार्य सुरु गरेको जनाएको छ।

प्रहरीले जंगल क्षेत्रमा खोजी अभियान जारी रहेको र महिलाहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *