कांग्रेसमा १५ सहमहामन्त्री!
बिशेष
काठमाडौं । नेपाली कांग्रेसमा सहमहामन्त्रीको संख्या बढाएर १५ पुर्याइने भएको छ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले चार जना मनोनीत महिलासहित १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्ने निर्णय गरेको हो।
यसअघि कांग्रेसमा आठ जना सहमहामन्त्री रहने व्यवस्था थियो। नयाँ संरचनाअनुसार सहमहामन्त्रीको संख्या सातले बढ्नेछ।
केन्द्रीय समितिले गरेको निर्णय कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा जानेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
