रास्वपाका २० नेता चीन जाँदै, टोलीमा को-को? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा कात्तिक २९ गतेदेखि हुने भ्रमणमा पार्टीका सांसद, नेतादेखि विभिन्न क्षेत्रका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।
चीन जाने टोलीमा महामन्त्री आचार्यसहित १९ जना सांसद रहेका छन् । प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल र सुशान्त वैदिक छन् ।
त्यस्तै, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा र पुनमकुमारी अग्रवाल पनि चीन जाने सूचीमा छन् ।
टोलीमा डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि सहभागी हुनेछन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार भ्रमणका क्रममा चीनको सुशासन प्रणाली, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल हुनेछ । जनअपेक्षाअनुसार राजनीतिक नेतृत्व सञ्चालन गर्ने विषयमा पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको संवाद र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरिएको छ ।
यस्तो छ चीन जाने रास्वपाको २० सदस्यीय टोली :
१. विपिनकुमार आचार्य – महामन्त्री तथा टोली नेता
२. गणेश पराजुली
३. हरि ढकाल
४. कविन्द्र बुर्लाकोटी
५. लिमा अधिकारी आचार्य
६. समीक्षा बाँस्कोटा
७. सागर ढकाल
८. सुशान्त वैदिक
९. रीमा विश्वकर्मा
१०. रमेशकुमार सापकोटा
११. डा. धनञ्जय रेग्मी
१२. गजला शमिम मिकरानी
१३. श्रीराम न्यौपाने
१४. डा. राम लामा
१५. पुनमकुमारी अग्रवाल
१६. डा. आनन्दबहादुर चन्द
१७. डा. सुजाता तामाङ
१८. पुष्पाकुमारी चौधरी
१९. अरविन्द शाह
२०. रत्ना थापा
