`

चार मन्त्री र दुई सल्लाहकारसहित भारत जाँदै प्रधानमन्त्री बालेन शाह

Nepal One HD २९ कार्तिक २०८३ १९:०३
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने भएका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ रहनेछन्।

त्यस्तै, प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाह पनि भ्रमण टोलीमा सहभागी हुने तयारी छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी नोभेम्बर २३ देखि २५ सम्म हुने तय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *