कमिल मिशाराको एनपीएलमा पहिलो अर्धशतक
खेलकुद
काठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक पूरा गरेका छन्।
मिशाराले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन्। उनले खेलको १३औँ ओभरको अन्तिम बलमा काठमान्डुका बलर राशिद खानलाई एक रन लिँदै अर्धशतक पूरा गरे। जारी एनपीएलमा उनको यो पहिलो अर्धशतक हो।
समग्र टी-२० क्रिकेटमा भने यो मिशाराको ११औँ अर्धशतक हो। २४ वर्षीय बायाँहाते श्रीलंकाली ओपनिङ ब्याटरले श्रीलंकाको राष्ट्रिय टोलीबाट एक टेस्ट, ६ एकदिवसीय र २८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
