`

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय सदनको संयुक्त बैठक संबोधन

Nepal One HD २७ माघ २०७९ १५:२९
राजनीति

काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।


प्रतिक्रिया