`

ज्ञानेन्द्र शाहीकाे सरकारलाई प्रश्न : ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन’?

Nepal One HD २९ माघ २०७९ १७:०४
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन भन्दै प्रश्न गरेका छन् ।


आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन सरकारसंग माग गरेका हुन् ।

शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? यो प्रश्न हो’ ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’

संघीय संसदमा निशुल्क शिक्षाको कुरा भइरहने तर, विद्यार्थीले किताब नपाइरहने अवस्था बदलिनुपर्नेमा उनको जोड छ । हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर, अहिले (माघ २९ गते)सम्म किताब नपुगेको भन्दै उनले छिटो भन्दा छिटो किताब उपलब्ध गराउन माग गरेका हुन् ।


प्रतिक्रिया