एमालेले बाेलायाे सचिवालय बैठक

प्रमुख खबर
काठमाडाैं – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । फागुन १३ गते बिहान बस्नेगरी सचिवालय बैठक बाेलाइएकाे सचिव पद्मा अर्यालले जानकारी दिनुभयाे ।
बैठकमा राष्ट्रपति चुनाव लगायत देशकाे समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी हुने बताइएकाे छ ।
राष्ट्रपति चुनावका लागि फागुन १३ गते नै उम्मेदवारी दर्ताकाे कार्यक्रम तय छ ।
गत पुस ३० गते सरकार गठनका बेला सत्ता साझेदार दलबीच राष्ट्रपति पदमा एमाले उम्मेदवार उठाउने सहमति भएकाे थियाे । साेही सहमति कार्यान्वयन हुने र हुनुपर्ने एमालेकाे माग छ ।
तर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेज्नुपर्ने बताउनुभएकाे छ । नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासकाे मत दिएकाे अवस्थामा राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेज्नुपर्ने प्रचण्डकाे अडान छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट