`

मोहन बस्नेतलाई शेरबहादुरको दनक, भने -‘दिउसै  झिलिमिली पार्छु भन्नेहरू कहाँ छन्’

Nepal One HD १३ फागुन २०७९ १८:०८
राजनीति

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमालेको नेतृत्व र अगुवाइमा राष्ट्रपति बनाउने बताउनु भएको छ ।
उहाँले एमालेले नेतृत्व गरेका बेला मुलुकको परिवर्तनका लागी केही न केही नयाँ काम सुरु गरेको उल्लेख गर्दै एमालेको सरकार आएपछि जनतालाई देशमा परिवर्तन हुन्छ भन्ने विश्वास हुने बताउनुभयो ।

नेकपा एमाले क्षेत्र नम्बर २ को बृहत् क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा पूर्व मन्त्री समेत रहनुभएका तामाङले एमालेले बनाएका गठबन्धन तोड्नका लागी दिलोज्यान दिएर केही दलहरू लागि परेको दाबी गर्नुभयो । उहाँले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहन बस्नेततर्फ लक्षित गर्दै दिउसोलाई रात पार्ने झिलिमिली पार्छु भन्नेहरू अहिले कता छन् भन्दै प्रश्न गर्नुभयो ।

उहाँले बाहुने पाटी पुल निमार्ण, मध्य पहाडी लोक मार्ग लगायतका विषयमा आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै मोहन बस्नेतले पुल बनाउनु शेर बहादुर तामाङले रोक्यो भनेर बोल्दै हिँडेको कुराप्रति आपत्ति जनाउनुभयो । उहाँले मेलम्चीमा पक्की पुल बन्नुपर्ने भन्दै बेलिब्रिज हालेर झारा तिर्न नपाइने बताउनुभयो । तामाङले यी सबै कुराको पहल गर्ने नेतृत्व गर्ने कुरामा नेकपा एमाले सधैँ लागिरहने बताउनुभयो ।

तामाङले १ नम्बर क्षेत्रका जनतालाई झुक्क्याएर २ नम्बर जनताको आँखामा छारो हाल्न आएको भन्दै त्यो प्रवृत्ति यहाँका जनतालाई नपच्ने बताउनुभयो । उहाँले फेरी पनि यो मुलुकको समृद्धिको अगुवाइ एमालेले नै गर्ने बताउनुभयो । केपी ओलीले मुलुकको समृद्धि र विकासको लागी गरेको अगुवाइले अरूलाई टाउको दुखेको बताउनुभयो । उहाँले एमालेको काँधमा बसेर प्रधानमन्त्री बन्नेले अहिले माथि बसेर बिस्ट्याइ थालेको बताउनुभयो ।

उहाँले नेकपा एमालेले एक्लै जित्ने गरी तयारी गर्नुपर्ने भएकाले नै अहिले मिसन ग्रास रुट अभियान लिएर एमालेका नेता कार्यकर्ता घरघरमा पुगिरहेको प्रस्ट पार्नुभयो ।


प्रतिक्रिया