ठुला राजनीति दलका नेताहरूले नै बुझाउँदैनन् सम्पत्ति विवरण

काठमाडौँ – ठुला राजनीति दलका नेताहरू नै सम्पत्तिको विवरण नबुझाउको पाइन्छ । कुनैपनि व्यक्तिले सार्वजनिक पद धारणा गरेको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ । तर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी पार्टी) तथा नेपाल समाजवादी पार्टीका ११ जना संसदले सम्पत्ति विवरण ११ सांसदले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको उल्लङ्घन गरेका छन् ।
सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।
संसद् सचिवालयका अनुसार अहिलेसम्म सम्पत्ति विवरण नबुझाउनेमा काँग्रेसका सांसदहरूका उदय शमशेर जबरा, अजय कुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ , एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव, राप्रपाका सांसद पशुपति शमशेर जबरा रहेका छन् ।
सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।