`

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

Nepal One HD २१ फागुन २०७९ १०:५५
प्रमुख खबर

कैलाली – नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले आज विश्वासको मत लिँदै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *