`

सरकारलाई पूर्णता दिन आज बिहानबाटै संवाद सुरु भएको छ : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD ७ चैत २०७९ १४:२१
प्रमुख खबर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई पूर्णता दिन आजबाटै संवाद सुरु भएको बताएका छन् ।

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको बताएका हुन् ।

उनले भने, ‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चल्दै छ, जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्धोदन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठकको आयोजना गर्दै छु, त्यो छलफलमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ ।’

जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *