गृह नपाएपछि रन्थनिँदै नेकपा एस, मन्त्रीको आकाङ्क्षी धेरै, पार्टी जोगाउनै सकस


काठमाडौं । संसदमा राष्ट्रिय दलेकोसमेत भूमिकामा नहरेको नेकपा एकीकृत समाजवादीले गृहमन्त्रीको दाबी गरेपछि सरकार विस्तार सकसपूर्ण बनेको छ ।
उता उक्त अधिकांश सांसदहरू नै मन्त्रीको आकाङ्क्षी भएसँगै यत्तिखेर नेकपा एस पार्टीको अस्तविनै सङ्कटमा पर्ने देखिएको छ । पार्टीभित्रै मन्त्रीको लागि किचलो उत्पन्न भएसँगै नेकपा एसले सबै सांसदहरूलाई पाँच वर्षभित्र मन्त्री बनाइसक्ने आश्वासन दिएर सङ्कट टार्ने प्रयास गरे पनि उता माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री गृह मन्त्रालय आफैसँग राख्न खोजेपछि सरकारमा लाचार बनेर जान उक्त पार्टी बाध्य बन्दैछ ।
सम्मानित नेता झलनाथ खनाल निकट रहनुभएका राजेन्द्र पाण्डेले गृह मन्त्रालय लिएर सरकारमा जाने मनसाय बनाए पनि माओवादीले गृह मन्त्रालय आफैँसँगै राख्ने र नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने भएपछि एस पार्टी इतिहासकै सङ्कट अवस्थामा छ ।
सम्मानित नेता झलनाथ खनाल निकट रहनुभएका राजेन्द्र पाण्डेले गृह मन्त्रालय लिएर सरकारमा जाने मनसाय बनाए पनि माओवादीले गृह मन्त्रालय आफैँसँगै राख्ने र नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने भएपछि एस पार्टी इतिहासकै सङ्कट अवस्थामा छ ।
बालुवाटारले आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि मन्त्रीमा कसलाई पठाउने, कसलाई नपठाउने ? भनेर लफडा चलिरहेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसलाई गृह मन्त्रालय प्राप्त भएमा उपाध्यक्ष राजेन्द्र पाण्डेको सम्भावना थियो भने अर्का उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जानेबारे छलफल चलिरहेको छ ।
तर ६ महिनापछि रिक्त हुने राष्ट्रिय सभा अध्यक्षमा उनलाई पठाएर अहिले प्रकाश ज्वाला वा भानुभक्त जोशीको व्यवस्थापन गर्ने प्रस्ताव पनि आएपछि झन् किचलो सुरु भएको हो ।
एस पार्टीले दुई क्याबिनेट र एक राज्यमन्त्री पाउने पक्का छ भए पनि मन्त्रालयको टुङ्गो लागेको छैन । त्यस्तो हुँदा एक जना महिला अनिवार्य पठाउने तयारी भइरहेको छ ।
तर, महिला को होलान् ? अहिलेसम्म टुङ्गो लागेको छैन । यदि कोसी प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई भए भने बागमती प्रदेशबाट राष्ट्रिय सभाकी सदस्य गोमा तिम्सिनालाई पठाउने, राजेन्द्र मुख्यमन्त्री भएनन् भने राष्ट्रिय सभाकै अर्की सदस्य जयन्ती राईलाई पठाउने पार्टी अध्यक्ष माधव नेपालको तयारी छ ।
तर सुदूरपश्चिमकी गरिमा शाहले पनि आकांक्षा राखेपछि माधव नेपाल तनावमा छन् ।
एमालेबाट विद्रोह गरेपछि माधव नेपालका निम्ति अन्तिम अवस्थामा विद्रोह गरी आउने तीन भाइमध्येका एक जनालाई अवसर दिन बाँकी छ । त्यसमा किसान श्रेष्ठ र धनबहादुर बुढाले दाबी गरिरहेका छन् ।
पहिलो प्राथमिकता गृह भएकाले त्यो नपाएमा पार्टीभित्रै त्यसको असर पर्ने बताइएको छ ।
पार्टीभित्र प्रेम आलेले पनि मन्त्रीका लागि खुट्टो उचालिरहेका छन् । नयाँ पार्टी गठन भएपछि मन्त्री भइसकेका कसैलाई पनि अहिले नपठाउने नीति पार्टीले बनाउने भए पनि श्रेष्ठ, आले र बुढाले दाबी गरिरहेका छन् । संसद्को यो कार्यकालभरिमा सबै सांसदहरूले मन्त्रीको मौका पाउने गरी फकाउने प्रयास भएपनि आले र श्रेष्ठले टसमस नगर्ने भएसँगै नेकपा एसमा किचलो बढिरहेको बताइन्छ ।
पार्टीभित्र पाण्डेका अतिरिक्त प्रकाश ज्वाला पनि गृह लिएर सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । उता वरिष्ठ नेता खनालले उपनिर्वाचनमा पनि एउटा सिट भाग लाग्नुपर्ने पक्षमा रहेका छन् ।