`

डा. बाबुराम भट्टराईकाे टिप्पणी : चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ

Nepal One HD २० चैत २०७९ ११:४८
प्रमुख खबर

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बनेको टिप्पणी गरेका छन् ।

सोमबार आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले यस्तो टिप्पणी गरेका हुन । उनले  हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ! रोकौँ !

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :-

चुनाव केही बर्ष / महिनामा अमूक पार्टी / नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन ! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधिरअवसर हो। हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ! रोकौं! 

जनता समाजबादी पाटीका अध्यक्ष उपेन्द्र यादब प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पुन बैशाख १० गते उपचुनाबमा बारा २ बाट उम्मेदबार बन्दै हुनहुन्छ ।


प्रतिक्रिया