`

अनेमसङ्घको सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Nepal One HD २५ चैत २०७९ ११:१८
प्रमुख खबर

​​​​​​​काठमाडौँ – अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान: समान सहभागिताका लागि सुदृढ सङ्गठन’ भन्ने मूल नाराका साथ आज र भोलि सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको अनेमसंघले जनाएको छ । 

काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा अपराह्न १२:०० बजेबाट सुरु हुने  सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । 

सम्मेलनमा देशभरबाट एक हजार २ सय ६२ जना प्रतिनिधिहरू सहभागी हुने  आयोजकले जनाएको छ ।

सम्मेलनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन समेत गर्ने सङ्घका संयोजक थममाया थापाले जानकारी दिनुभयो । सम्मेलनबाट सङ्घको नीति, कार्यक्रम तथा योजनाहरू समेत तय गर्ने जनाइएको छ ।


प्रतिक्रिया