रौतहटमा निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ


बारा – बारा निर्वाचन क्षेत्र नम्बर २ को उप निर्वाचन बिथोल्न खोज्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन बिथोल्न सक्रिय उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४७ का बृजकिशोर प्रसाद यादव, रौतहट बृदाबन नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४२ का दयाराम राउत, सोही नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३५ का उमेश यादव, बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर ४ निवासी वर्ष ३८ को मङ्गल प्रसाद साह र बारा देवताल गाँपा वडा नम्बर ७ बस्ने वर्ष ६२ को रामसागर यादव रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।
बारा २ मा अहिलेसम्म २० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपपाध्याले जानकारी दिनुभयो । यहाँ १ लाख ५ हजार २ सय ४८ मतदाता रहेका छन् ।
पिपरपाती बुथ बाहेक १ सय ३७ मतदान केन्द्रमा शान्ति पूर्वक मतदान भई रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।