`

पूर्व गृहमन्त्री बादलका छोरा विरुद्ध पक्राउ पुर्जी जारी

Nepal One HD ३१ वैशाख २०८० ११:४९
प्रमुख खबर

काठमाडौँ – पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको हाे । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको लागि थापा विरुद्घ पक्राउ पुर्जी जारी भएको हो । 

 यही प्रकरणकाे अनुसन्धानका लागि हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।


प्रतिक्रिया