`

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Nepal One HD २० असार २०८० ७:३४
प्रमुख खबर

काठमाडौँ – प्रतिनिधिसभा बैठक बस्दैँछ ।  सङ्घीय संसद् भवन, नयाँ वानेश्वरमा  दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।  

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । 

साथै सो विधेयकमाथि छलफल भए छि त्यसमा आएका संशोधनहरू निर्णायार्थ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 


प्रतिक्रिया