सदन कुनै नेताको मुडमा चल्ने कुरा नभई जनताप्रति उत्तरदायी हुने विषय हुनुपर्छ : सभापति लामिछाने


काठमाडौँ / आइतबार संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभई जनताप्रति उत्तरदायी हुने विषय भएको बताउनुभयो ।
रास्वपा कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उहाँले सबै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेन्डा रहेको तर्क गर्नुभयो । उहाँले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाई बोल्न नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो । लामिछानेले आफूहरू जनताको मुद्दाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले मिटरव्याजी सम्बन्धी कानून लागू हुनुपर्छ पक्षमा रास्वपा रहेको तर सरकारले अन्तिम दिनमा सदनमा ल्याएर आफु जनप्रिय छु भन्ने देखाउन खोजेको पनि बताउनुभयो । उहाँले महत्त्वपूर्ण विधेयकहरूप्रति रास्वपा सचेत रहेको धारणा राख्नुभयो ।