`

विधेयक पेश प्रक्रिया नमिलेको भन्दै रास्वपा र राप्रपाद्वारा सदन अवरोध, संसद बैठक १५ मिनेटका लागि स्थगित

Nepal One HD ३१ असार २०८० १६:४३
राजनीति

काठमाडौं / विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा  अवरोध सिर्जना भएसँगै स‌सद् बैठक स्थगित भएको छ ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराए पनि अवराेध नहटेपछि सभामुख घिमिरेले  स‌सद् बैठक  १५ मिनेटका लागि  स्थगित गर्नुभएकाे छ । 


प्रतिक्रिया