भदौ ९ गते सिराहामा नेकपा एमालेको सचिवालय बैठक बस्ने

राजनीति

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिराहामा बस्ने भएको छ । आगामी भदौ ९ गतेको बैठक सिराहाको धनगडीमाई नगरपालिका (तत्कालिन विष्णुपरकट्टी गाउँपालिका) मा बस्ने तय भएको एमाले स्रोतले जनाएको छ ।
पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु विष्णुपुर कट्टी पुगेका थिए ।
सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया