`

राप्रपा नेपालको केन्द्रिय समिति बैठक बस्दै

Nepal One HD ७ भदौ २०८० १२:०१
राजनीति

काठमाडौँ / आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । शुक्रबारसम्म चल्ने बैठकको एजेन्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रश्तुत हुने बताइएको छ ।


प्रतिक्रिया