`

सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाउनुपर्छ : डोलप्रसाद अर्याल

Nepal One HD ७ भदौ २०८० १४:५५
राजनीति

काठमाडौँ / प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बाल्दै प्रतिनिधि सभा सदस्य अर्यालले सरकारले श्रमिकहरुको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताउनु भयो । उहाँले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताउनु भयो ।

उहाँले पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने बताउनु भयो । उहाँले भन्नुभयो – ‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौँ भने पक्कैपनि राम्रो सन्देस जाँदैन । उद्योग, व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकका हक, हीतमा पनि काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगि, व्यवसायीले खुशी खुशी बढेको पारिश्रमिक लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ ।’


प्रतिक्रिया