बझाङमा ३ घण्टाको अवधिमा ७ वटा भूकम्पको धक्का
प्रमुख खबर
बझाङमा लगातारजसो भूकम्प गइरहेको छ । दिउँसो २ बजेर ४० मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसको २६ मिनेट पछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको दोस्रो भूकम्प गएको थियो । त्यसपछि लगातार नै भूकम्पको धक्का महसुस भइरहेको छ ।
३ बजेर ४५ मिनेटमा ४.१ रेक्टर स्केलको, ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केल, ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर, ५ बजेर १९ मिनेटमा ५ रेक्टर र ५ बजेर ३८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पका कारण धेरै घर भत्किएका छन् भने राजमार्ग अवरुद्ध भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
