`

चीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत

Nepal One HD १ माघ २०८० २०:४२
विश्व

चीन र स्वीट्जरल्याण्डले चीन-स्वीजरल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को स्तरोन्नति गर्ने संयुक्त सम्भाव्यता अध्ययन पूरा गरेका छन् । औपचारिक रूपमा एफटीए स्तरवृद्धि वार्ताको प्रारम्भिक शुरुवातलाई समर्थन गर्न सहमत सोमबार भएका छन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङ र स्वीस कन्फेडेरेसनका अध्यक्ष भियोला एमहेर्डबीचको वार्तामा उक्त सहमतिको घोषणा गरिएको हो।

दुई पक्षले यसै वर्षभित्र चीन-स्विजरल्याण्डको विदेश मन्त्री स्तरको रणनीतिक वार्ताको नयाँ चरण, वित्त र ऊर्जा सम्बन्धी कार्यदलको बैठक, शिक्षा नीति वार्ता र संयुक्त राष्ट्र सुरक्षा परिषद्का विषयमा परामर्श गर्ने बताइएको छ ।


प्रतिक्रिया