सिरिया र जोर्डनको सीमामा अमेरिकी सैनिकमाथि आक्रमण, तीन जनाको मृत्यु

विश्व

बीबीसी । सिरियासँगको जोर्डनको सिमानामा रहेको अमेरिकी आधार शिविरमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमला ‘कट्टरपन्थी इरान समर्थित लडाकु समूह’ले गरेको बताएका छन् । उनले यसको जवाफ दिने बतएका छन् । इजरायलमा हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि यस क्षेत्रमा अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो । जोर्डनले आक्रमण जोर्डन भित्र नभई सिरियामा भएको बताएको छ ।
यस क्षेत्रमा अमेरिकी अड्डाहरूमा अन्य आक्रमणहरू भएका छन् तर अहिलेसम्म अमेरिकी सेनाले कुनै हताहतको रिपोर्ट गरेको छैन । यो पछिल्लो आक्रमणको पछाडि कसको हात छ भन्ने स्पष्ट छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट