`

दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माण हुँदै

Nepal One HD २७ माघ २०८० ७:५२
समाचार

महेन्द्रनगर (कञ्चनपुर) – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताउनुभएको छ ।महेन्द्रनगरमा शुक्रबार महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिक रुपमा अघि बढेको बताउनुभयो ।

“दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ ।” उहाँले भन्नुभयो–“ भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।”उहाँले महाकाली नदीमा चार ‘लेन’को पक्की पुल बनिसकेको बताउँदै महाकाली ‘करिडोर’को काम पनि प्रारम्भ भएको जानकारी दिनुभयोे ।

“यो पटक कञ्चनपुर र डडेल्धुरा करिडोरबाट जोडिएर हामीले परशुराम धामको दर्शन गरिसकेका छौं ।” नेता लेखकले भन्नुभयो–“ अर्को पटक यही करिडोरबाट बैतडी र त्यसपछि दार्चुला पुग्ने गरी ट्रयाक खुलाउने काम हुन्छ ।” उहाँले चीन र भारतसित नाका जोड्न सके तीन देशबीचको व्यापार बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा सम्भावना बोकेका प्रान्तहरुबाट हामी सबै भन्दा नजिक छौं ।” उहाँले भन्नुभयो–“ चीनको पनि कैलाश मानसरोवर धार्मिकस्थल नजिक भएकाले हामीले दुवैतिर नाका खोल्नुपर्छ ।”


प्रतिक्रिया