पूर्वी अफगानिस्तानमा भूकम्प पीडितका लागि १०० घर हस्तान्तरण

विश्व

अफगान रेड क्रिसेन्ट सोसाइटी (एआरसीएस) ले पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा भूकम्पपीडित परिवारलाई लक्ष्यित गरी बनाइएका १०० वटा घरको साँचो हस्तान्तरण गरेको छ । सरकारी बख्तर समाचार एजेन्सीले जनाए अनुसार एआरसीएसका अध्यक्ष मौलावी मतिउल हक खालिसले भर्खरै स्पेरा जिल्लामा आयोजित एक समारोहमा व्यक्तिगत साँचो वितरण गर्नु भएको हो ।
सन् २०२२ जुन महिनाम खोस्ट र पक्तिका प्रान्तमा गएको भूकम्प र परकम्पमा हजारौं घर ध्वस्त भएका थिए र करिब १ हजार मानिसहरूले ज्यान गुमाएका थिए। अफगानिस्तानको कामचलाउ सरकारले भूकम्प प्रभावित सबै परिवारका लागि आश्रयस्थल निर्माण गर्ने वाचा गरेको छ । गत अक्टोबरमा पश्चिमी हेरात प्रान्तमा भूकम्पमा परी घर गुमाएका भूकम्पपीडित परिवारका लागि प्रशासन र सहायता निकाय र सहयोगी व्यक्तिहरूले सयौं घरहरू पनि निर्माणमा सहयोग गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट