`

कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

Nepal One HD ११ वैशाख २०८१ ६:०६
प्रमुख खबर

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उनलाई स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने जनाइएको छ ।

कतारका अमिरले गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि आज देशभर सार्वजनिक बिदा पनि दिइएको छ ।


प्रतिक्रिया