`

मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान

Nepal One HD ७ जेठ २०८१ १९:४६
जीवनशैली/स्वास्थ्य

विराटनगर, ७ जेठ : मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

जनस्वास्थ्य कार्यालय मोरङले आइपिभी खोप अभियान–२०८१ सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा आज सो जानकारी दिएको हो । जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले २०७३ वैशाखदेखि २०७५ असोजसम्ममा पोलियो खोप खुवाउन छुटेका बालबालिकालाई यो खोप खुवाउने र यसका लागि मोरङमा छ सय ७२ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया