जिवी राईको राहदानी रद्द नमिल्ने विभागको जवाफ
अर्थ समाचार
काठमाडौ । सहकारीको रकम अपचलनमा फरार रहेका गितेन्द्रबाबु जिवी राईको राहदानी रद्द नहुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले वैशाख ३० गते फरार राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो । विभागले भने राहदानी ऐन २०७६ र नियमावली २०७७ अनुसार अहिलकै अवस्थामा राईको राहदानी रद्द गर्न नमिल्ने जवाफ पठाएको हो ।
अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबी राईविरुद्ध रेड नोटिस जारी भएपनि उनी अहिलेसमम पक्राउ परेका छैनन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
