जिम्बावेमा बसमा आगलागी हुँदा सातको मृत्यु

विश्व

चर्च उत्सवका यात्रुहरू बोकेको बसमा आगलागी हुँदा म्यानिकलल्याण्ड प्रान्तको रुसापे शहरमा आइतबार राति कम्तिमा सात जनाको मृत्यु भएको राज्य प्रसारक जिम्बाब्वे ब्रोडकास्टिङ कर्पोरेशनले सोमबार जनाएको छ ।
तीमध्ये तीनको अवस्था गम्भीर रहेको र अस्पतालमा भर्ना गरिएको एङ्ग्लिकन चर्चका नेशनल श्राइन्सका अध्यक्ष एडविन सेलेमानीलाई उद्धृत गर्दै प्रसारणकर्ताले बताएका छन् ।
जिम्बाब्वेका प्रहरी प्रवक्ता पाउल न्याथीले सोमबार बिहान सिन्ह्वासँग भन्नुभयो, “म घटनास्थलतर्फ जाँदैछु र थप विवरण पछि दिनेछु ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट