`

टर्कीका इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते

Nepal One HD १७ असार २०८१ ६:४७
विश्व

टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भएको थियो ।

टिआरटीले घाइतेमध्ये १० को अवस्था गम्भीर रहेको र घटनास्थलमा आपत्कालीन टोलीहरुद्वारा अनुसन्धान भइरहेको रिपोर्ट गरेको छ ।विष्फोटपछि दमकल टोलीहरूले तुरुन्तै अर्को आगो निभाएका थिए ।

इज्मिरका गभर्नर सुलेमान एल्बानले टिआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिनुभयो ।विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।


प्रतिक्रिया