`

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

Nepal One HD २६ साउन २०८१ ८:१९
प्रमुख खबर

बीबीसी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो ।

एटीआर ७२–५०० मा चालक दलका चार सदस्य र ५७ यात्रु सवार थिए । टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होसमा उडिरहेका ला भिन्हेडो शहरमा विमान खसेको भोपस एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा प्रसारित भिडियोमा विमान ठाडो रूपमा घुम्दै तल झरेको देखाइएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुःख व्यक्त गरेका छन्।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन् । फ्रान्सेली–इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।


प्रतिक्रिया