भीषण बाढीले थामे गाउँका एक होटल र एक दर्जन घरमा क्षति

प्रमुख खबर

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथीबाट शुक्रबार दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र एक दर्जन घरमा क्षति पुर्याएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् । थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । बाढीमा परी एक जना बेपत्ता भएका छन् ।
बाढीका कारण थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित भएका छन् । क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट