`

घाँसीकुवाको पहिरो हटाउन सुरु

Nepal One HD ६ भदौ २०८१ ९:५७
प्रमुख खबर

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ घाँसीकुवाको पहिरो हटाउन सुरु गरिएको छ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरो बिहीबार बिहान डोजरको सहायताले हटाउन थालिएको हो । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको छ ।

तस्बिर : कृष्ण न्यौपाने / रासस


प्रतिक्रिया