`

नेपाली सेनाद्वारा बलम्बुमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय

Nepal One HD ६ भदौ २०८१ ११:४२
प्रमुख खबर

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक बिहीबार बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । 

स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया