`

सेनाले माग्यो ठूलो संख्यामा अधिकृत क्याडेट

Nepal One HD ७ भदौ २०८१ ९:१६
प्रमुख खबर

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट मागेको छ । सेनाले अधिकृत क्याडेटर्फ २८० जनाका लागि आवेदन माग गरेको हो । रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ । त्यस्तै खुलातर्फ १४७, महिला २४, आदिवासी–जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ ।

आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया