दमौली आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते

समाचार

दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार बिहान भएको जिप दुर्घटनामा ६ जना घाइते भएका छन् ।
भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट