`

विदेशी हस्तक्षेप स्वीकार्य छैनः नारायणकाजी

Nepal One HD १९ असोज २०८१ १६:४७
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन् ।

शनिबार ‘नेपाल–भेनेजुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा श्रेष्ठले कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए ।

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिवद्धताबारे अन्य देशहरुले भेनेजुएलाबाट सिक्नुपर्ने भन्दै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त गरेको समेत बताए ।

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्ने बताए । उनले संविधानका प्रावधानहरुलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।


प्रतिक्रिया