भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

विश्व

नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गएराति मुम्बईस्थित एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले वक्तव्य जारी गर्दै रतन टाटाको निधन भएको पुष्टि गरेका भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गरेका छन् । भारतमा उद्योगी रतन टाटा निकै लोकप्रिय थिए ।
राष्ट्रपति द्रौपदी मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक आइकन गुमाएको टिप्पणी गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा एक भिजनकारी बिजनेस लिडर भएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट